अत्यावश्यक सेवा बाहेकका अन्य सबैै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म कास्कीमा अनिवार्य बन्द(सूचना)

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र ९

जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक सूचना प्रकाशित गरि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट निर्देशित गरे अनुसार कास्कीमा कार्य संचालन गर्न सबैमा आग्रह गरेको छ ।
कोभिड १९ (कोरोनाभाइरस) को संभावित संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्री केपि शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्वोधनबाट निर्देशित विषयहरुको प्रभावकारी कार्यान्वयन गर्नको लागि गृहमन्त्रालयको निर्देशन अनुसार कास्कीमा कार्य संचालनका लागि सूचना जारि गरेको हो ।
जिल्लास्थित सबै सरकारी कर्मचारीहरु र अत्यावस्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीले समेत यथावत रुमा आआफ्नो कार्यालयमा उपस्थित भएर काम गर्न भनिएको छ ।
यस्तै संघ, प्रदेश र स्थानिय तहका सार्वजनिक तथा निजी सेवा प्रदायक संस्थाहरुबा प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबैै सेवाहरु २०७६ चैत्र ९ देखि २०७६ चैत्र २१ गतेसम्मको लागि अनिवार्य बन्द गर्ने भनिएको छ ।
जिल्लास्थित शान्ति सुरक्षा, बिपद् ब्यवस्थापन, कोभिड १९ (कोरोनाभाइरस) को संक्रमण र अत्यावश्यक सेवाका सम्वन्धमा जानकारी लिन दिन जरुरी भएमा प्रमुख जिल्ला अधिकारीको फोन नं ९८५६००७७७७ तथा सहायक प्रमुख जिल्ला अधिकारीको फोन नं ९८५६०२४५०१ र ९८५६०३७५०१ मा सम्पर्क गर्नहुन अनुरोध गरिएको छ ।

Facebook Comments